नयाँ बसपार्कमा घर जाने यात्रुको भिड
काठमाडाैं | असोज २८, २०८०
काठमाण्डौ: घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ ।
आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताउनुभयो ।
यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको दाबी छ ।
ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । यो सहायता कक्षमा यात्रुले यात्राका क्रममा आफू ठगीमा वा अफ्ठ्यारो अवस्थामा परे गुनासो टिपाउन सक्ने छन् । यस्तै, बस चालक तथा सहचालकले पनि आफ्ना कुरा राख्न सक्ने छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

